मन्दिरको दान पेटिका चोरी, जनकपुर-जटही सडकमा प्रदर्शन – Nepal Press

मन्दिरको दान पेटिका चोरी, जनकपुर-जटही सडकमा प्रदर्शन

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका ९ स्थित माता रानी दरबार र हनुमान मन्दिरमा चोरी भएको विरोधमा हिन्दू सम्राट सेनाले प्रदर्शन गरेको छ ।

जनकपुर–जटही छ लेन सडकमा टायर बालेर हिन्दूवादी युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले हिन्दूराष्ट्र कायम गर, मन्दिरमा चोरी गर्ने अपराधीलाई कारबाही गर जस्ता नारा लगाएका छन् ।

प्रदर्शनमा उत्रेका हिन्दू सम्राट सेनाका राजेश यादवले आइतबार राति मन्दिरमा चोरी भएको बताए । उनका अनुसार माता रानी दरबारबाट दान पेटिका चोरी भएको छ ।

उनले भने, ‘वर्षमा एक पटक मात्र दान पेटिका खोल्ने गर्थ्यो । त्यो दान पेटिका नै चोरहरूले आइतबार राति लग्यो । छेउमै रहेको हनुमान मन्दिरबाट मुकुट चोरी गर्ने प्रयास पनि गरिएको छ । मन्दिरहरूमा चोरी गर्नु हिन्दूमाथिको आक्रमण हो । त्यसैले आन्दोलन गर्न बाध्य भएका छौँ ।’

प्रदर्शन पश्चात् जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी अधिकारीले तीन दिनभित्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि अहिले सडक सञ्चालनमा आइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *