चीन र थाइल्यान्डको नयाँ पर्यटन सम्झौता : दुई देशका नागरिकलाई फागुन १८ बाट भिजा नलाग्ने – Nepal Press

चीन र थाइल्यान्डको नयाँ पर्यटन सम्झौता : दुई देशका नागरिकलाई फागुन १८ बाट भिजा नलाग्ने

काठमाडौं । एक आपसमा पर्यटन आगमन बढाउन चीन र थाइल्याण्डले नयाँ सम्झौता गरेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार आइतबार थाइल्यान्डको राजधानी बैंककमा भएको सम्झौता अनुसार दुई देशका नागरिकहरूलाई एक अर्काको देशमा जान भिजा नलाग्ने नभएको छ ।

आइतबार चीनका विदेशमन्त्री वाङ यी र उनका थाई समकक्षी प्रानपि बाहिदा–नुकाराको उपस्थितिमा एक सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अगाडि मार्च १ अर्थात् फागुन १८ बाट भिजा नलाग्ने भएको छ ।

चिनियाँ पर्यटकहरू पहिलो स्रोत मुलुक भएको थाइल्याण्डलाई उक्त सम्झौताले धेरै सहज हुने बताइएको छ ।

चीनले नयाँ सम्झौताले चीनको खुलापनदेखि दुई देशबिचको नागरिक तहको सम्बन्ध बढाउन सहयोग पुग्ने बताएको छ ।

ग्लोबल टाइम्सका अनुसार चिनियाँ सामाजिक सञ्जाल सिना वोइपोमा साढे नौ करोडले उक्त समाचारलाई पढेको बताएको छ । गत बिहीबार चीन र सिंगापुरका बीचमा पनि तीस दिने यात्रामा भिजा नचाहिने सम्झौता भएको थियो ।

सम्झौता अगाडि फेब्रुअरी ९ अर्थात् माघ २६ बाट कार्यान्वयनमा आउनेछ । यस अगाडि चिनियाँ पर्यटकलाई लक्षित गरेर मलेसियाले पनि भिजा नचाहिने प्रावधान ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर