एमालेनिकट स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा र महासचिव बराल निर्वाचित – Nepal Press

एमालेनिकट स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा र महासचिव बराल निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा चयन भएका छन् ।

शनिवार सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनले अध्यक्षमा शर्मा र महासचिवमा शम्भु बराललाई निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ चयन भएकी छन् ।

यस्तै महिला उपाध्यक्षमा सृजना लामिछाने, उपाध्यक्ष कोशीमा चन्द्र बहादुर बस्नेत, उपाध्यक्ष मधेशमा नवराज खड्का, उपाध्यक्ष बाग्मतीमा विदुर गौतम, उपाध्यक्ष गण्डकीमा महेन्द्र बहादुर गोदार, उपाध्यक्ष कर्णालीमा दिल बहादुर शाही र उपाध्यक्ष सुदूरपश्चिममा करण सिंह धामी चयन भएका छन् ।

यसैगरी उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्य चयन भएका छन् ।

महासचिव बरालका अनुसार सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर