हुथीले हानेको मिसाइलबाट तेल बोकेको पानीजहाजमा आगलागी – Nepal Press

हुथीले हानेको मिसाइलबाट तेल बोकेको पानीजहाजमा आगलागी

काठमाडौं । यमनी विद्रोही समूह हुथीले हानेको मिसाइलबाट एक तेल बोकेको पानीजहाजमा आगलागी भएको छ ।

बीबीसीका अनुसार आदेन खाडीमा हानिएको मिसाइलबाट मार्लिन लुआण्डा नाम गरेको पानीजहाजमा आगलागी भएको हो । आफूले मिसाइल हानेको हुथीले शुक्रवार सार्वजनिक गरेको हो ।

एन्टी सिप ब्यालेस्टिक मिसाइल प्रहार गरेर हुथीले पानीजहाजमा आक्रमण गरेको अमेरिकाले उल्लेख गरेको छ ।

इजरायले गाजामा गरेको हमलाको विरोध गर्दै आएको इरानी साथ भएको हुथीले रेड सी क्षेत्रमा हिँड्ने पानीजहाजहरूमा पटक पटक आक्रमण गर्दै आएको छ ।

आक्रमणको विरोधमा बेलायत र अमेरिकाले हवाई हमला गरेर हुथीको मिसाइल लन्च क्षेत्र ध्वस्त गरेका पनि थिए । यद्यपि, हुथीको सामुद्रिक आक्रमणमा कमी आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर