डीपीलाई लिएर भारत लागे रवि, स्वर्णिम कार्यवाहक सभापति – Nepal Press

डीपीलाई लिएर भारत लागे रवि, स्वर्णिम कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारततर्फ लागेका छन् ।

पार्टीका उपसभापति डीपी अर्याललाई साथमा लिएर उनी भारततर्फ प्रस्थान गरेका हुन् ।

भारतमा रहेको रास्वपाका शुभेच्छुकहरूले आयोजित कार्यक्रममा सहभागी हुन उनी भारत गएका हुन् ।

शनिवार दिल्ली र आइतबार हैदराबादमा आयोजित हुने कार्यक्रममा उनीहरू सहभागी हुनेछन् ।

लामिछानेको अनुपस्थितिमा स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर