‘सीईएस २०२४’ मा ‘टीसीएल इलेक्ट्रोनिक्स’ लाई ४० भन्दा बढी अवार्ड – Nepal Press

‘सीईएस २०२४’ मा ‘टीसीएल इलेक्ट्रोनिक्स’ लाई ४० भन्दा बढी अवार्ड

काठमाडौं । ‘टीसीएल इलेक्ट्रोनिक्स’ ले ‘सीईएस २०२४’ मा ४० भन्दा बढी अवार्ड पाएको छ ।

विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी ‘टीसीएल इलेक्ट्रोनिक्स’ ले ‘सीईएस २०२४’ मा विभिन्न प्रकारका उत्पादनहरूमा सफलता हासिल गर्दै ४० भन्दा बढी अवार्ड जितेको हो ।

टीसीएलको उपलब्धिको प्रमुख कुरा ११५ इन्च ‘क्युएम८९१जी क्यु-मिनी एलईडी टीभी’ रहेको कम्पनीले जनाएको छ । उक्त टीभीलाई सन् २०२३÷२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’ को साथ आफ्नो नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको हो ।

उच्चस्तरीय टीभीको स्मार्टफोन, नेक्टपेपर ३.० डिस्प्ले टेक्नोलोजीसहितको ट्याब्लेट, रेनो एक्स २ लाइट एआर ग्लास र क्यु क्लास साउन्डबारको पनि प्रशंसा गरिएको छ । कम्पनीले ‘२०२३/२०२४ ग्लोबल सीई ब्रान्ड्स टप १०, २०२३/२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १० र २०२३/२०२४ ‘ग्लोबल सीई ब्रान्ड्स टप ५०’ को रूपमा सफलता हासिल गरेको छ।

यसबाहेक टीसीएलको एक्स ९५५ र सी ७५५ टीभी शृङ्खलाको भिजुअल अनुभवको लागि टीयूभी रेनल्यान्ड र सी २०२४ मा २७आर८३यू/३४आर८३क्यू प्रोफेशनल मनिटर शृङ्खलाको पेन्टोन भ्यालिडेटेड रिकोनाइसनका लागि सम्मान गरिएको छ ।

नेपालमा टीसीएल सामानको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत ईए ओल प्रालि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर