उपकूलपति सिंहको आक्रोश- २३८ स्कुल र कलेज बन्द गर्ने गोविन्द केसी जस्ता दलालीलाई जेलमा हाल्नु पर्छ – Nepal Press

उपकूलपति सिंहको आक्रोश- २३८ स्कुल र कलेज बन्द गर्ने गोविन्द केसी जस्ता दलालीलाई जेलमा हाल्नु पर्छ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंहले शिक्षामा भएको राजनीतिले शिक्षालाई ध्वस्त पारेको बताएका छन् ।

शुक्रबार शिक्षा क्षेत्रको समग्र अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला कार्यक्रममा उपकूलपति सिंहले राजनीतिले ध्वस्त पारेको शिक्षाका कारण विद्यार्थीलाई वैदेशिक रोजगारमा जान बाध्य बनाएको बताए ।

अबको राष्ट्रिय शिक्षा नीति नेपालको गाउँदेखि ७५३ वटा पालिका, सात प्रदेश र केन्द्रका लागि आवश्यक र गुणस्तरीय शिक्षा चाहिएको उनको भनाइ छ ।

शिक्षा सिस्टम बनाउनु ल्याउनु बताउँदै उपकूलपति सिंहले भने, ‘२४ घण्टा खट्न सक्ने उपकूलपतिको आवश्यक छ । जसले २४ घण्टासम्म खट्न सक्छ उसले शिक्षामा परिवर्तन ल्याउन सक्छ । म माग गर्न चाहन्छु, नेपालका कुनै पनि शैक्षिक संस्था हडताल नगरियोस् ।’

कुर्सीमा बसेर निर्देशन दिने व्यक्तिबाट प्रगति नहने उनको भनाइ छ । यदि ऊर्जाशील व्यक्ति भएमा शिक्षामा परिवर्तन हुने उनले बताए ।

उनले भने, ‘सातै प्रदेशमा सस्तोमा एमबीबीएस, आईटी र ईन्जिनियर उत्पाादन गर्न सकिएमा १९५ देशबाट अर्बैं भन्दा धेरै रुपैयाँ कमाउन सक्ने एकेडेमी इन्डस्ड्रि बन्छ सक्छ । त्यसका लागि गोविन्द केसी जस्ता दलाली काम गर्ने २३८ वटा स्कुल र कलेज बन्द गर्ने अपराधीलाइ जेलमा हाल्नु पर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *