युवती बलात्कार आरोपमा एक जना पक्राउ – Nepal Press

युवती बलात्कार आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । प्रहरीले मोरङको लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मा लाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मानसिक अवस्था ठीक नभएकी १८ वर्षीया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनका अनुसार घटना बिहीबार साँझ ६ः३० बजेतिरको हो विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रबार किटानी जाहेरी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *