बानेश्वरमा गुड्दागुड्दैको बस भासियो (भिडिओ) – Nepal Press

बानेश्वरमा गुड्दागुड्दैको बस भासियो (भिडिओ)

काठमाडौं । नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो ।

बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।

नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *