नेपाली खेलकुदको वृत्तान्त: चलखेल, राजनीति र कूटनीतिको प्याकेज – Nepal Press
पुस्तक चर्चा

नेपाली खेलकुदको वृत्तान्त: चलखेल, राजनीति र कूटनीतिको प्याकेज

काठमाडाैं । किताबमा सन् १९५१ बाट एसियाली खेलकुदमा भाग लिएको नेपालले पदक पाउने हैसियतमा पुग्न ३६ वर्ष लागेको कुरा भनिएको छ । तर, सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले १८ वर्षपछि सन् २०१४ मा टी-२० क्रिकेट विश्वकपमा पुगेको कुरा भने भनिएको छैन ।

किताबमा २०३४ सालदेखि झण्डै एक दशक चलेको खेलकुद ‘चन्दा’ बाट बनेका वीरगञ्जको नारायणी रंगशालादेखि काठमाडौंको चेम्बर अफ कमर्स बसेको भवनको कथा अटाइएको छ । तर, धुर्मुस सुन्तली फाउन्डेसनले २०७५ माघ १६ मा उद्घाटन गरेर पनि चन्दाबाट बनाउन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कथा पुस्तकमा आएकै छैन ।

२३ वर्षबाट खेलकुद पत्रकारितामा सक्रिय नवीन अर्यालले आफ्नो प्रथम किताब ‘नेपाली खेलकुदको वृत्तान्त’ मा राणा कालदेखि पञ्चायतको आखिरी दिनसम्मका घटनाक्रमलाई सविस्तार अटाएका छन् । किताबको अर्को श्रृङ्खला आउनसक्ने संकेत गर्दै अर्यालले लेखेका छन्, ‘पाठकले २०४५ सालदेखि यता खेलकुदको ठूलो घटनाक्रम पढ्न केही समय प्रतीक्षा गर्नुपर्नेछ ।’

नेपाली खेलकुद पत्रकारिताको झण्डै साढे दुई दशकको सक्रियताको अनुभव, ७१ दिग्गजसँगको कुराकानी र ४४ पत्रिका तथा पुस्तकहरुको मिश्रण गरेर अर्यालले यो खेलकुद क्षेत्रको इतिहासको ग्रन्थ लेखेका छन् । राजा वीरेन्द्रको राज्याभिषेकको समयमा २०३१ सालमा राखेपले निकालेको ‘नेपाली खेलकुद’ पछिको यो नै पुस्तक महत्वपूर्ण भएको र यसले केही गलत सूचनाहरु चिरेको अग्रज लेखक, प्राध्यापक तथा पूर्व खेल पत्रकार पी खरेलले बताएका छन् ।

भारतदेखि पाकिस्तान हुँदै श्रीलंका अनि माल्दिभ्सलाई प्रथम दक्षिण एसियाली खेलकुदमा ल्याउन नेपालले गरेको पहलका रोचक किस्सा किताबमा छन् । २०४१ असोज १-७ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद आयोजक हुने मौका पाएर पनि नेपालले सबै देश ल्याउन गर्न परेको धपेडीका रोचक किस्सा किताबमा छन् ।

उनले लेखेका छन्, ‘राखेपको स्थापना २०१५ सालमा नभएर २००६ सालमा भएको ऐतिहासिक तथ्यका बीच किताबमा थुप्रै ज्ञानवर्द्धक सूचना उपलब्ध छन् ।’

कागताली लागेर खेलकुदमा नेपालले पाएका दुई अवसर

पहिलो एसियाली खेलमा पुग्ने ११ देशमा सहभागी नेपाल पहिलो दक्षिण एसियाली खेलकुदमा त नेतै भएको थियो । नेपाल दक्षिण एसियाली खेलकुको अवधारणाको मात्रै होइन, आयोजनाको पनि जन्मदाता हुनपुग्यो । अवधारणा शरदचन्द्र शाहले ल्याए । उनको अवधारणामा तत्कालीन सार्कका सातै देश तयार भए । आयोजनाको मौका पाउन भने बंगलादेशले गर्न हात झिक्नु र भारत-पाकिस्तानको एकले अर्काको आयोजना अस्वीकार गर्ने कारण नेपाल आयोजक भएको रोचक किस्सा पुस्तकमा छ ।

भारतदेखि पाकिस्तान हुँदै श्रीलंका अनि माल्दिभ्सलाई प्रथम दक्षिण एसियाली खेलकुदमा ल्याउन नेपालले गरेको पहलका रोचक किस्सा किताबमा छन् । २०४१ असोज १-७ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद आयोजक हुने मौका पाएर पनि नेपालले सबै देश ल्याउन गर्न परेको धपेडीका रोचक किस्सा किताबमा छन् ।

पहिलो दक्षिण एसियाली खेलकुदको आयोजक बन्ने र एसियाली खेलकुदको मार्चपासको नेतृत्व पाउने कागताली नेपालले पाएको थियो । २०४३ मा दक्षिण कोरियामा भएको दशौं एसियाली खेलकुदमा नेपाल दक्षिण कोरियाको वर्णमालाअनुसार पहिले आउने ‘न’को कारण नेपालले मार्चपासमा मौका पाएको थियो ।

द्रव्य दुःख- नेपाल, भारतदेखि सिंगापुर हुँदै जापानसम्म

किताबमा लेखकले पैसा अभाव हुँदा नेपालले मेक्सिको ओलम्पिक, इटाली ओलम्पिक र फिलिपिन्समा भएको एसियाली खेलकुदमा सहभागी हुन नपाएको र खेलाडीको हवाई टिकटमा राजादेखि विदेशीसम्मको मुख ताकेका दुःख उतारेका छन् । गरिबीले पेलिएका खेलाडीले डाइट खान दिएको पैसा जोगाउनतर्फ लाग्दा गर्मीमा कुद्दा जुत्ता पग्लिएर हैरानी भएको कुरा पनि पुस्तकमा चर्चा गरिएको छ । सन् १९६४ मा टोकियो ओलम्पिकमा जान आवश्यक राखेपको ६० हजारको बजेट प्रधानमन्त्री तुलसी गिरीले पास गर्न नसक्दा राजा महेन्द्र गुहार्नुपरेको कुरा किताबमा छ ।

नेपालको खेलकुदको पहिलो कुम्भ मेला बृहत् राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ मा उद्घाटन हुँदाको ‘मास क्यालिस्थेनिक’ उत्तर कोरियाली प्रशिक्षकबाट सिकाइएको थियो । दोस्रो बृहत् राष्ट्रिय खेलकुद २०४० सालमा पोखरामा हुँदा उत्तर कोरियालीहरुले नै सिकाएको कुरा पुस्तकमा छ ।

द्रव्य दुःख नेपालका मात्रै छैन । भारतले सन् १९५१ मा पहिलो एसियाली खेलकुद गर्र्र्र्र्र्र्र्र्दा रंगशाला बनाउन चन्दा लिएको, त्यही कार्यक्रममा आउन जापानी खेलाडीले दोस्रो विश्व युद्धपछि अर्थतन्त्र बिजोग भएर विद्यार्थीबाट चन्दा उठाएको, सिंगापुरले हवाई भाडा व्यवस्थापन गर्न चन्दै उठाएका किस्सा पुस्तकमा चर्चा गरिएको छ । भारतले भात खान दिन नसक्ला भनेर चामलका बोरा आफैं लिएर आएको थाइल्याण्ड टोलीको कथा पनि किताबमा छ ।

खेलकुदका राजनीति, कूटनीतिक र शित युद्ध किस्सा

खेलकुदमा ठूलो प्राथमिकता दिन राजपरिवार सदस्यलाई संरक्षक राख्ने राखेप राजनीति, नेपालको खेल कूटनीतिमा जापान, उत्तर कोरिया, जर्मनीका किस्सा किताबमा छन् । पहिलो एसियाली खेलकुदमा आएको जापानलाई अरु देशका खेलाडीले हेंलोहोचो गर्दा नेपालीले राम्रो व्यवहार गरे । खासगरी कृष्णबहादुर वर्माले त्यसको अगुवाइ गरे । त्यसैको ब्याज पाएर नेपालको पहिलो ओलम्पिक सहभागिता पनि जापानको टोकियोमै भएको र नेपालमा पहिलो पटक ओलम्पिक ज्योतिसमेत सोही बेला २०२१ साल भदौ १४ मा भित्रिएको किताबमा लेखिएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध हुनुमा खेलकै योगदान भएको लेखकको तर्क छ ।

नेपालको खेलकुदको पहिलो कुम्भ मेला बृहत् राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ मा उद्घाटन हुँदाको ‘मास क्यालिस्थेनिक’ उत्तर कोरियाली प्रशिक्षकबाट सिकाइएको थियो । दोस्रो बृहत् राष्ट्रिय खेलकुद २०४० सालमा पोखरामा हुँदा उत्तर कोरियालीहरुले नै सिकाएको कुरा पुस्तकमा छ । सन् १९७२ मा म्युनिख ओलम्पिकमा नेपाली सहभागी हुँदा जर्मनीले देखाएको सदासयताको कुरा पुस्तकमा उल्लेख छ ।

सन् १९८० मा मस्को ओलम्पिक हुँदा नेपाली मन्त्री कल्पना विस्टले नेपालले मस्को ओलम्पिकमा भाग लिने भनेकैले अमेरिकी दबाब खेप्न नसकेर राजीनामा दिनु परेको किताबमा उल्लेख छ । शित युद्धको कारण मस्को ओलम्पिकमा आलोचनात्मक चेत मात्रै राखेका अमेरिकी मिडियाको कारण विष्णु मालाकारले उत्तर कोरियाली खेलाडी रिउ बुनफासँग बक्सिङमा हारेको समाचार अमेरिकी समाचार संस्था एपीले नेपाली खेलाडी ‘लुगलुग कामिरहेका थिए’ भन्दै समाचार बनाएको प्रसंगले नेपाली खेलकुदको बदनाम र विष्णु खेल जीवनबाटै पलायन भएको किताबमा लेखिएको छ । २०३८ सालमै आधा घण्टामा गोपाल योञ्जनले ‘खेलाडी हुँ, खेलाडी हुँ, खेलाडी हुँ’ गीत तयार गरेको कथा पनि किताबमा अटाइएको छ ।

शित युद्धको कारण मस्को ओलम्पिकमा आलोचनात्मक चेत मात्रै राखेका अमेरिकी मिडियाको कारण विष्णु मालाकारले उत्तर कोरियाली खेलाडी रिउ बुनफासँग बक्सिङमा हारेको समाचार अमेरिकी समाचार संस्था एपीले नेपाली खेलाडी ‘लुगलुग कामिरहेका थिए’ भन्दै समाचार बनाएको प्रसंगले नेपाली खेलकुदको बदनाम र विष्णु खेल जीवनबाटै पलायन भएको किताबमा लेखिएको छ ।

खेलकुदका भवितव्य र आतंंकले ज्यान जानेहरुका कथा

सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको प्रथम एसियाली एथलेटिक्समा कास्य पदक जितेर नेपाली खेल जगतमा अन्तर्राष्ट्रिय पदकको सुरुवात गरेका जीतबहादुर केसी, सन् १९८६ मा कोरियामा भएको एसियाली खेलमा कास्यै जितेर पदक सुरुवात गरेका विधान लामा हुँदै दक्षिण एसियाली खेलकुदमा पदकको बाढी ल्याएका बैकुष्ठ मानन्धरलगायतका पदकधारी खेलाडीका एकएक प्रसंग लेखकले ल्याएका छन् ।

नेपाली र विश्व खेलकुदका दुःखद घटना पनि लेखकले ल्याएका छन् । २०४४ साल फागुनमा दशरथ रंगशालामा भएको दुर्घटनामा ज्यान गुमाएका ७६ र सन् १९७२ को म्युनिक ओलम्पिकमा ११ जना इजरायली खेलाडी तथा प्रशिक्षकलाई मार्दै आफूहरु पनि मरेका पाँच आतंककारीको कथा पुस्तकमा छन् । पोखरामा २०४० सालमा भएको दोस्रो बृहत् राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका दुई बालिका, २०७९ सालमा पोखरामै भएको नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिएका निसिम थापाको ज्यान गएको दुःखद कुरा किताबमा छ ।

किताबमा केही देखिने कमजोरी पनि छन् । जस्तो तस्बिर खण्डमा दशरथ रंगशालाको दुर्घटना २०४४ फागुन २८ गते लेखिएको छ । तर, पृष्ठ २०७ मा २९ गते उल्लेख छ । पृष्ठ १३४ मा पोखरामा २०४० सालमा ज्यान गुमाउनेमा एक जनाको नाम रामजीप्रसाद तिमल्सिना भनिएको छ । तर, ज्यान गुमाउने बालिकाको चैं नाम नदिएर ‘अर्की नानी’मात्रै भनिएको छ । खेलकुद इतिहास तयार गर्दा खेल नेतृत्व, खेलाडी, खेल पदाधिकारी तथा पत्रकारको नजरलाई मात्रै प्राथमिकता दिइएको छ । दर्शकको आँखालाई ध्यान दिइएको छैन ।

यी र यस्ता केही कमजोरी भए पनि पुस्तक पठनीय छ, संग्रहणीय छ । यो नेपाली खेलकुद क्षेत्रमात्रै होइन राजनीति, कूटनीति र भूराजनीतिका इच्छुकहरुले पढ्नैपर्ने किताब हो । यो नेपाली खेलकुदको मात्रै होइन दक्षिण एसियाली हुँदै एसियाली खेलकुदको पनि वृतान्त हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *