स्वतन्त्र जितेका तीन चर्चित मेयरले हालेनन् राष्ट्रियसभा चुनावमा भोट – Nepal Press

स्वतन्त्र जितेका तीन चर्चित मेयरले हालेनन् राष्ट्रियसभा चुनावमा भोट

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट हालेनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।

उपमेयर सुनिता डंगोल हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे। उपमेयर डंगोल एमालेबाट निर्वाचित हुन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह कार्यव्यस्तताको कारणले हेटौंडा नगएको बताए । उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन् ।

यस्तै, धरानका मेयर साम्पाङले पनि भोट हालेनन् । उपमेयर आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । उनी धरान वडा-५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी छन् । उपमेयर वेघा माओवादीबाट निर्वाचित हुन् ।

धनगढीका मेयर हमालले पनि भोट हालेनन् । हमालले भोट हाल्न नगएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर