सरकारले २०८१-२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा अघि बढाउने (भिडिओ) – Nepal Press

सरकारले २०८१-२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा अघि बढाउने (भिडिओ)

काठमाडौं । सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउने भएको छ ।

बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए । उनले आन्तरिक रोजगारी बढाउन नसकेसम्मका लागि वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुधारोन्मुख छ । किनभने हाम्रो सञ्चिति बढ्दै गइरहेको छ । तर हामीले ज्यादै ठूलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ की हाम्रा सबै युवाहरु बाहिर गइरहेका छन् भनेर । मानौँ मुलुक नै खालि भइसक्यो भन्ने खालको मानसिकताका पनि छौँ । यो बाध्यात्मक अवस्था हो भन्नेकुरा सबैले महशुस गरिरहेका छौँ । अहिले मुलुकको आर्थिक अवस्था केही न केही सुधार भइरहेको छ । तर जे अवस्था छ, त्यसले गर्दा रोजगारी सिर्जना गर्ने अवस्था भइरहेको छैन । बेरोजगारी, गरिबी लगायतका कुराले गर्दा मानिस बाहिर जानुपर्ने बाध्यता छ । हामी कुनै हालतमा युवाहरुलाई बाहिर जान दिनु हुँदैन पनि भनिरहेका छाैं । केही गरिरहेका पनि छैनौँ । भाषणले मानिस रोकिने भए त भाषण गरिरहे हुने हो । मलाई लाग्दैन भाषणले मानिस रोकिन्छन् । दोषारोपणले पनि रोकिने कुरा होइन । यो सामुहिक जिम्मेवारी हो । वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो । त्यसकै गृहकार्यमा लागेका छौँ । २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेका छौँ । सरकारले यसमा चाँडै नै आन्तरिक रोजगार प्रवद्र्धन डिकेयरको रुपमा अघि बढाउँछौँ ।’

मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *