खराब कर्जाले आत्तिएका बैंकहरुलाई गभर्नरको सान्त्वना – Nepal Press

खराब कर्जाले आत्तिएका बैंकहरुलाई गभर्नरको सान्त्वना

काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका कारण बढ्दो खराब कर्जालाई लिएर बैंकहरु चिन्तित भएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सान्तवना दिएका छन् ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको बार्षिकोत्सव कार्यक्रममा गभर्नरले खराब कर्जा बढेको भन्दै नआत्तिन आग्रह गरे । बरु कर्जा असुलीमा जोड दिन उनले भने । पछिल्लो समय बैंकको खराब कर्जा (एनपीएल) को विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै उनले खराब कर्जा बढ्नु सामान्य रहेको उदाहरण सहित स्पष्ट पारे ।

गभर्नर अधिकारीले उदाहरण दिदै भने, कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के के न भएको जस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन,अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन ।’

अर्थतन्त्र सुस्त भएको बेला यस्तो किसिमको खराब कर्जा हुनु स्वभाविक रहेको बताउँदै गभर्नर अधिकारीले बैंकहरूलाई कर्जा असुलीमा जोड दिन भने । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुके खराब कर्जा ४७ प्रतिशत भन्दा बढीले बढेर औषत ३.२६ प्रतिशत पुगेको छ । बैंकहरुके नाफा पनि दोस्रो त्रैमासमा प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर