यू १९ विश्वकपः नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य – Nepal Press

यू १९ विश्वकपः नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ । नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो ।

दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुभाष भण्डारी २० र गुल्सन झाले १८ रनको योगदान दिए । बलिङमा पाकिस्तानका अरफत मिन्हासले सर्वाधिक ३ विकेट लिए ।

उबेद साह र अहमेद हसनले २-२ विकेट लिए । २९ रनमा पहिलो विकेट गुमाएको नेपालले लामो साझेदारी गर्न नसक्दा पाकिस्तानसामु ठूलो स्कोर खडा गर्न सकेन । सिनियर टोलीबाट खेलिसकेका खनाल र झाको प्रदर्शन पनि राम्रो हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर