तपस्वी बम्जनविरुद्ध उजुरी दिने किशोरीको बुबाको दुर्घटनामा ज्यान गयो – Nepal Press

तपस्वी बम्जनविरुद्ध उजुरी दिने किशोरीको बुबाको दुर्घटनामा ज्यान गयो

हेटौंडा । केही दिन अघि पक्राउ परेका तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुबाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

सर्लाही जिल्ला अदालतमा मुद्दा हालेका किशोरीको बुबाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको किशोरीको बुबा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई सिन्धुलीको भीमानमा दुर्घटनामा परेको हो ।

मोटरसाइकललाइ प्र २–०४–००१ ट ००१० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर बनेका किशोरीका बुबाको उपचारको क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले नेपाल प्रेसलाई बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *