यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै – Nepal Press

यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

काठमाडौ‌ । आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अर्को चरण पुग्न पाकिस्तानलाई हराउनै पर्ने दबाब छ ।

नेपालको प्लेइङ ११: देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, दुर्गेश गुप्ता र आकाश चन्द ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर