३ असईसहित २४ जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन – Nepal Press

३ असईसहित २४ जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन

काठमाडौं । १ महिनाभन्दा बढी समयदेखि गैर हाजिर रहेका दुई दर्जन प्रहरीलाई हप्ता दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

३ जना प्रहरी सहायक निरीक्षक (असई), ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए कानूनअनुसार कारबाही हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *