काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्ड वाटर रिचार्ज प्रणाली हस्तान्तरण – Nepal Press

काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्ड वाटर रिचार्ज प्रणाली हस्तान्तरण

काठमाडौं । काठमाडौंको बालाजु पार्कमा जडान गरिएको ग्राउण्ड वाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

मंगलबार महानगरपालिका–१६ स्थित बालाजु पार्कमा जडान गरिएको ग्राउण्ड वाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको हो । कोका–कोला बेभरेज नेपाल सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा महानगरपालिकालाई ग्राउण्ड वाटर रिचार्ज प्रणाली हस्तान्तरण गरिएको हो ।

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको परियोजना माघ ५ गते सम्पन्न भएको हो । रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ । यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु रहेको जनाइएको छ ।

परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु गरेको छ । त्यस्तै, पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भनिन्, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त रहनेछ ।

काठमाडौँ जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *