सेटिङ र ठगी बढेको ठहरसहित भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज, यस्तो आयो नयाँ नियम (पूर्णपाठ) – Nepal Press

सेटिङ र ठगी बढेको ठहरसहित भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज, यस्तो आयो नयाँ नियम (पूर्णपाठ)

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृहमन्त्रालयले नयाँ कार्यविधि बनाएर जारी गरेको हो ।

राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक र्ने व्यवस्था गरिएको नयाँ कार्यविधि बुधबारदेखि लागू हुनेछ । यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि गृहसचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ कार्यविधि जारी गरेका हुन् ।

नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल बताए । उनका अनुसार भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे कार्यविधि जारी भएको थियो । तर, उक्त कार्यविधिले दलाललाई चलखेल गर्न मलजल पुर्‍याएका र जसले गर्दा विमानस्थलको प्रणालीमा नै प्रश्न चिन्ह खडा गरेको हमालको भनाई छ ।

कार्यविधि जारी भएलगत्तै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ,भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ छ । यस अघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय नेपाल सरकार (मा.उपप्रधान तथा गृहमन्त्रीस्तर)बाट खारेज भई नयाँ ६ बुँदे कार्यविधि जारी भएको छ । यसर्थ घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नु अघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु हुन अनुरोध छ ।’

यस्तो छ नयाँ कार्यविधि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *