एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग (भिडिओ) – Nepal Press

एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग (भिडिओ)

प्रधानमन्त्रीले भने- दराजमा थन्किँदैनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका साढे ७ सय बढी मागहरू, समस्या, समस्या समाधानका उपायसहित सहित लिखित जानकारी गराएको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।

यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए ।

ज्ञवालीले सडक, शिक्षा, पर्यटन कृषि फलफूल र स्वास्थ्य बढी प्राथमिकताका साथ जनताले उठाएको उनले बताए ।

प्रधानमन्त्रीले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।

कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने उनले बताए । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर