कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने विकासमन्त्रीको तयारी (भिडिओ) – Nepal Press

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने विकासमन्त्रीको तयारी (भिडिओ)

काठमडाौं । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नामाकरण विवाद वार्ता समितिका संयोजक कमल प्रसाद जबेगुले बहुपहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भएको बताएका छन् ।

वार्ता समिति गठन बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान र कानूनका आधारमा प्रदेशको नामाकरणको विवादलाई समाधान गरिने समेत बताए । मन्त्री जबेगुले चाडै नै समितिको बैठक बसेर आन्दोलनरत पहिचान पक्षधरहरुलाई वार्तामा बोलाउने जानकारी दिए ।

उनले पहिचान पक्षधरहरुद्वारा ८२ जना प्रदेश सांसदहरुलाई जिल्ला प्रवेशमा लगाइएको रोक हटाउन पहिलो एजेण्डा लिएर जाने पनि प्रष्ट पारे । अहिलेको कोशी प्रदेश सरकारले वार्ता बाटै समस्याको समाधान गर्ने नीति लिएको उनले बताए । उनले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

माघ ६ गते बसेको कोशी प्रदेश मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती सदस्य र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल रहेको तीन सदस्यीय नामाकरण विवाद वार्ता समिति गठन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर