नेपाली बजारमा भित्रियो बीवाईडी सील – Nepal Press

नेपाली बजारमा भित्रियो बीवाईडी सील

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारीक वितरक साइम्याक्स इंक प्रालिले ‘बीवाईडी सिल’ नेपाल भित्र्याएको छ ।

शुक्रबार साईम्याक्स इंक प्रालिले विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने भनिएको ‘बीवाईडी सिल’ भित्र्याएको हो ।

कम्पनीका अनुसार सिल डायनामिक डिजाइन र उन्नत प्रविधिसहितको एक डायनामिक र इन्टेलिजेन्ट सेडान हो । यसले उच्च-प्रविधि सुविधाहरूको साथ एथलेटिकिज्मलाई सहज मिश्रण गर्दछ । विशाल महासागरबाट प्रेरित सुन्दर डिजाइन अवधारणाले हेर्दा अत्यन्तै आकर्षक र समृद्ध बाह्य अवारण दिएको छ ।

यस गाडीमा ४०२ लिटरको ठूलो बुट स्पेस र सामानहरू भण्डारण गर्न कारको अगाडिको छेउमा ५३ लिटर फ्रङ्क छ।

त्यस्तै, नविन प्रविधिहरु मध्ये, ब्लेड ब्याट्रीलाई सवारीको संरचनामा नै समाहित गर्दै, सुरक्षा, दक्षता, र ठाउँको उपयोग बढाइएको सेल-टु-बडी टेक्नोलोजी पनि छ ।

त्यसैगरी, पावर र पर्फरमेन्स, सिलको भित्र आरामदायक र शानदार अनुभव, सुरक्षा र बौद्धिक प्रविधि सुरक्षा र चालक सहायता सुविधाहरूको अनेकौँ प्रणालीहरुले सुसज्जित र सबै मोडेलहरूमा अनिवार्य टक्करको पूर्वानुमान र चेतावनी, स्वचालित आपतकालीन ब्रेकिङ, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक उपलब्ध रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर