लिभिङ टुगेदरमा हत्या : तीन महिनादेखि कोठाभित्र थुनिएको थियो शव (भिडिओ) – Nepal Press

लिभिङ टुगेदरमा हत्या : तीन महिनादेखि कोठाभित्र थुनिएको थियो शव (भिडिओ)

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि शव रहेको खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र कम्तिमा ३ महिना अघिदेखि शव रहेको पाइएको बताए ।

‘कोठाबाट गन्ध आउन थालेपछी मात्र घटना थाहा भएको पाइएको छ । माघ ३ गते प्रहरीसहितको टोलीले कोठा भित्र पसेर हेर्दा महिलाको शव भेटिएको छ’, एसएसपी खत्रीले भने । प्रहरीका अनुसार घरबेटीले समेत मृतक र कोठामा बस्ने व्यक्तिको पहिचान खुलाउन सकेका थिएनन् ।

‘प्राविधिक अनुसन्धानबाट मृतक तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँ रहेको पाइएको हो’, उनले भने । प्रहरीले उक्त कोठामा बस्दै आएका भारतीय नागरिक इक्रामउल अन्सारीलाई पक्राउ गरेको छ । अन्सारीले मियाँको हत्यापछि भारततर्फ गएको र हाल नेपाल आएको मौकामा पक्राउ परेको एसएसपी खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरु सँगै बस्दै आएका थिए । उनीहरु दुवै विवाहित रहेको बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *