नबिल बैंकको खुद नाफा ३ अर्ब २० करोड बढी, निष्क्रिय कर्जा १.२० प्रतिशतमा झर्‍यो – Nepal Press

नबिल बैंकको खुद नाफा ३ अर्ब २० करोड बढी, निष्क्रिय कर्जा १.२० प्रतिशतमा झर्‍यो

काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्म नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा नाफा २१ करोड ४६ लाख १९ हजार रुपैयाँ खुद नाफा घटेको जनाएको हो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निष्कृय कर्जा १.४६ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर