सदन खुल्ने बित्तिकै टीआरसी विधेयक टुंगोमा पुग्छ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

सदन खुल्ने बित्तिकै टीआरसी विधेयक टुंगोमा पुग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए ।

उनले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ ।
सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ । सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर