जयशंकरसँगको भेटमा माल्दिभ्सका विदेशमन्त्रीले उठाए सार्क सहकार्यका मुद्दा – Nepal Press

जयशंकरसँगको भेटमा माल्दिभ्सका विदेशमन्त्रीले उठाए सार्क सहकार्यका मुद्दा

काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकर र उनका माल्दिभ्सका समकक्षी मोसा जमिरको भेट भएको छ । भारत र माल्दिभ्सको तनाव बढीरहेको समयमा उनीहरुको भेट भएको हो । भेट बिहीबार युगाण्डामा भएको हो । असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा जाने क्रममा भेला भएका जयशंकर र जमिरको भेट भएको हो ।

भेटमा जमिरले सार्कको मुद्दा उठाएको माल्दिभ्सको मिडिया आउटलेट अटोल टाइम्सले उल्लेख गरेको छ । अटोल टाइम्सका अनुसार भेटमा माल्दिभ्सबाट भारतीय सैनिकहरु मार्च १५ भित्र फिर्ता गर्ने, भारतिय सहयोगका माल्दिभ्सका परियोजना देखी सार्क देशहरुको सहकार्यको बारेमा कुरा भएको छ ।

भारतीय मिडियाहरुले पनि सार्कको कुरा भएको उल्लेख गरेका छन् । भेटमा जयशंकरले खुलस्त कुरा भएको भन्दै सामाजिक संजालमा पोस्ट गरेका छन् भने जमिरले सैनिक फिर्ता देखी सार्कको कुरा गरेको पोस्ट गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर