प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न बोर्डलाइ मन्त्रालयको पत्र, मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रपन्च विफल – Nepal Press

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न बोर्डलाइ मन्त्रालयको पत्र, मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रपन्च विफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डलाई प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरबीच भएको सम्झौताको कार्यान्वयनका विषयमा सरोकारवालाहरुसँग छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सम्झौता रद्द गर्न दिएको निर्देशन कार्यान्वयनका लागि श्रम मन्त्रालयले बोर्डलाई परिपत्र गरेको हो ।

मन्त्रालयले बोर्डका निर्देशकलाई सम्बोधन गरी सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

यस निर्देशनसँगै मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रपन्च विफल भएको छ । यसअघि उक्त सेन्टर र बोर्डबीच भएको सम्झौता श्रमिकहरुको हकहित विपरीत भएको भन्दै तीव्र आलोचना भएको थियो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौता रद्द गर्न रोजगार व्यवसायीले पनि ध्यानाकर्षण गराएका थिए ।

कल्याणकारी काम गर्ने भन्ने आवरणमा कामदारको व्यक्तिगत विवरण संकलनदेखि सबै काम समेटिएको सो सम्झौता जनवरी १ देखि लागू भएको भनिएको थियो । यो सम्झौता कार्यन्वयन हुने हो भने नेपाली कामदारको थाप्लोमा थप ४५ डलर अर्थात ६ हजार रूपैयाँ आर्थिक भार पर्ने भन्दै विरोध भएको थियो ।

CamScanner 01-10-2024 15.47

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *