मधेसका मुद्दा ओझेलमा, मधेसी दल जालझेलमा – Nepal Press
सन्दर्भ- माघ ५

मधेसका मुद्दा ओझेलमा, मधेसी दल जालझेलमा

जब माघ आउँछ, मधेसमा राजनीतिक सरगर्मी एकाएक बढ्छ । लहानमा रहेको शहीद स्मारकमा माल्यार्पण गर्ने वार्षिक कर्मकाण्ड बनेको छ । सुरुवाती वर्षहरू मधेसवादी दलका नेताहरूबीच माघ ५ गते लहान आउन र शहीद प्रतिमामा पुष्पगुच्छा चढाउन तँछाडमछाड हुन्थ्यो । शहीद स्मारकमा पहिला कसले माल्यार्पण गर्ने भन्ने विषयमा बिबाद चर्किदा सुरक्षाकर्मीसमेत परिचालन गर्नुपरेको थियो । अहिले त्यस्ता ताहुरमाहुर सेलाउँदै गयो । समयचक्रले फन्को मार्दै जाँदा लहानको आकर्षण पनि घटेको छ ।

रमेश महतोले ‘सहादत’ प्राप्त गरेको दिन माघ ५ गते ‘बलिदानी दिवस’ मनाइन्छ । मधेस प्रदेश नामाकरण भएकोमा माघ ३ गते प्रदेश सरकारले ‘मधेस स्वाभिमान दिवस’ यस वर्ष मनायो । स्वाभिमान दिवसमा जनता समाजवादी पार्टी र जनमत पार्टीका कार्यकर्ताहरूबीच खाँडो जगाउने कार्य नै भयो । स्वाभिमान दिवस मनाइरहेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले अर्को भ्रष्टाचार काण्डहरूको छानबिन गर भन्दै नारावाजी गरे । मधेसको मूल मुद्दा चटक्कै बिर्सेर मञ्चन गरिएका यस्ता राजनीतिक क्रियाकलाप मधेसि जनताको लागि मनोरञ्जक प्रहसन मात्र बनेका छन् ।

मधेस आन्दोलनको राप, ताप र तेजको बलमा उपेन्द्र यादवले बनाएको मजबुत संगठन भत्काएर हुलका हुल जनता आफ्नो पार्टीमा तान्न डा. सिके राउत अहोरात्र खटिएका छन् । आफ्नो संगठन र वैभव जोगाउन यादवलाई चुनौतिको सामना गर्नुपरेको छ । मधेसमा ‘ओल्ला घरको नरे पल्ला घर सरे’ उखान चरितार्थ हुँदैछ । मधेसि जनता तथा नेता कार्यकर्ताहरू दलको सदस्यता फेर्नुलाई संघीयताको उपलब्धी ठान्न अभिषप्त छन् ।

प्राण उत्सर्ग गर्ने व्यक्तिहरू मधेसको मानसपटलबाट धूमिल हुँदै छन् । लहानस्थित शहीद स्मारक वरपर हजारौं जनता स्वतस्फूर्तरूपमा भेला हुन्थे । अब जनउपस्थिति निम्छरो देखिन्छ । महत्वपूर्ण राजनीतिक काम छोडेर पनि शीर्षस्थ मधेसी नेताहरू माघ ५ मा लहान आइपुग्थे । अब विधि पुर्‍याउन कम्युनिष्टहरूलाई पठाइदिन्छन् ।

मिटरब्याज पीडीतहरूको बिचल्ली छ । मिटरव्याजका कारण समाजमा हिंसात्मक द्वन्द्व बढ्दै छ । वैदेशिक रोजगारमा जाने युवाहरूको लर्कोमा झन् वृद्धि भएको देखिन्छ । यता परदेश गएकाहरूको घरवार ध्वस्त हुने क्रम बढ्दो छ । वेरोजगारीले आत्महत्या गर्ने क्रम बढेको छ । मधेसको संस्कृतिको जग नै हल्लिएको छ । आर्थिक मन्दीले व्यापार चौपट छ, कलकारखाना बन्द हुने अवस्थामा पुगेको छ । मधेसका किसानले समयमा मल खाद र बिउ पाउँदैनन् । उखु किसानले समयमा भुक्तानी पाएका छैनन् । यतातिर कुनै राजनीतिक दलको ध्यान छैन ।

मधेसको बलमा नेपाल संघीय मुलुक बन्यो । तर, संघीयतालाई बलियो, सफल र फलदायी बनाउने कार्यमा दलहरू लागेनन् । उल्टो मधेसबाटै संघीय प्रणाली र संरचना बदनाम भएर गएको छ । मधेसले स्थापना गराएको संघीयता मधेसकै कारण गुम्छ कि जस्तो राजनीतिक लख काटिन थालेको छ ।

पहिलो प्रदेश सरकार भ्रष्टाचारका कारण कलंकित नै हुनपुग्यो । दोश्रो मधेस सरकारको दिन सिन्का नभाँची व्यतित भइरहेको छ । उपेन्द्र यादवले मधेस आन्दोलनताका भनेका थिए- २२ हातको धोती चाहिन्छ, लङ्गुटी चाहिँदैन । उनले उठाएका मूल मुद्दाहरू भर्सेला परे । चुनावताका मधेसको मुद्दाहरू उठाइन्छ । चर्को स्वरमा भाषण गरिन्छ । सपनाहरू बाँडिन्छ । तर, चुनाव सकिएर सत्तामा पुगेपछि मधेसवादी दल र तिनका नेताहरूलाई मधेसको मूल मुद्दाहरू के के हुन् भन्ने पनि हेक्का रहँदैन । चुनावी घोषणापत्रहरूलाई चटपटे बेच्ने ठोङ्गा बनाइन्छ ।

मधेसको समाज पनि वर्गीय छ, अपितु वर्गहरूबीच चरम खाडल छ । गरिबीको स्तर यस्तो छ कि छिटो मर्न पाए औषधी गर्ने पैसाले कात्रो किन्न हुन्थ्यो भन्ने कामना गर्न विवश छन् गरिबहरू । भोक लाग्दा खान नपाई र रोग लाग्दा उपचार नपाई मर्नु पर्ने अवस्थालाई वर्वर समाज भन्ने हो भने त्यो बर्बर दृश्य मधेसमा देखिन्छ । दलित र गैरदलितहरूबीच आज पनि निकृष्ट र निस्सासिने प्रकारको छुवाछुत कायम छ ।

उत्पादनका साधनहरू खासगरी जमिन मुठ्ठीभर व्यक्तिहरूको हातमा छ । समाजको ठूलो हिस्सा भूमिविहीन छन् । दलितहरूसँग खासगरी मुसहर समुदायसँग झुप्रो हाल्ने पनि जग्गा छैन । ऐलानी, पर्ती, पोखरीको किनार र मालिकहरूले दयाँ गरेर दिएको जमिनमा दलितहरूको थातबास छ । विकासका नाममा सडक फराकिलो गर्ने नाममा पालिकाहरूले वैकल्पिक व्यवस्था नगरी दलित गरिबहरूलाई उठिबास लगाउँदै छन् । भू-माफियाहरूले दलित गरिब बस्तीको जग्गा खरिद बिक्री गरेर पुस्तौदेखि बसेको स्थानबाट उनीहरूलाई विस्थापित गरिरहेका छन् ।

दाइजोका कारण हुने महिलामाथिको हिंसाले मधेसी समाज दन्दनी बलेको छ । महिलामाथि हुने घरेलु हिंसा लगायतकथित बोक्सीको फत्तुरमा दिइने अमानवीय प्रताडनाले पनि मधेसको समाजलाई कुरुप बनाएको छ । साक्षरता दर उल्लेख गर्न पनि लज्जास्पद छ भने विद्यालय नजाने बालबालिकाको संख्या अत्यासलाग्दो छ । सामुदायिक विद्यालयहरूको दुर्दशा छ । मानव अधिकारको हनन्, बलियोले कमजोर र निर्धो माथि गर्ने शोषण दमनको दृष्टिकोणबाट मधेसमा अझै पनि मत्स्य न्याय जीवित छ ।

मिटरब्याज पीडीतहरूको बिचल्ली छ । मिटरव्याजका कारण समाजमा हिंसात्मक द्वन्द्व बढ्दै छ । वैदेशिक रोजगारमा जाने युवाहरूको लर्कोमा झन् वृद्धि भएको देखिन्छ । यता परदेश गएकाहरूको घरवार ध्वस्त हुने क्रम बढ्दो छ । वेरोजगारीले आत्महत्या गर्ने क्रम बढेको छ । मधेसको संस्कृतिको जग नै हल्लिएको छ । आर्थिक मन्दीले व्यापार चौपट छ, कलकारखाना बन्द हुने अवस्थामा पुगेको छ । मधेसका किसानले समयमा मल खाद र बिउ पाउँदैनन् । उखु किसानले समयमा भुक्तानी पाएका छैनन् । यतातिर कुनै राजनीतिक दलको ध्यान छैन ।

स्थानीय सरकारहरू उत्पादन बढाउने र रोजगारी सृजना हुने काममा लगानी गर्दैनन् । कृषि क्षेत्रको कायाकल्प नगरी हुँदैन भन्ने चेत नै छैन । गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सवलीकरणतर्फ न्यून लगानी छ । स्थानीय सरकारका जनप्रतिनिधिहरूले विकास भनेको ग्राभेल छर्ने र कंक्रिटको संरचना बनाउने मात्र बुझेका छन् । स्थानीय तहमा भ्रष्टाचार जनप्रतिनिधि र कर्मचारीको वैधानिक अधिकारको रूपमा स्थापित भएको छ ।

मधेसको समाज पनि वर्गीय छ, अपितु वर्गहरूबीच चरम खाडल छ । गरिबीको स्तर यस्तो छ कि छिटो मर्न पाए औषधी गर्ने पैसाले कात्रो किन्न हुन्थ्यो भन्ने कामना गर्न विवश छन् गरिबहरू । भोक लाग्दा खान नपाई र रोग लाग्दा उपचार नपाई मर्नु पर्ने अवस्थालाई वर्वर समाज भन्ने हो भने त्यो बर्बर दृश्य मधेसमा देखिन्छ । दलित र गैरदलितहरूबीच आज पनि निकृष्ट र निस्सासिने प्रकारको छुवाछुत कायम छ ।

मधेसवादी दलहरू र मधेस सरकार संयुक्त रूपमा संघीयताको द्रुत र प्रभावकारी कार्यान्वयका लागि एकतावद्ध र दत्तचित्त भएर लाग्नुपर्ने थियो । तर, राजनीतिको यो कठिन जंघार तर्ने बेला तिघ्रा लगलगी कामेजस्तै देखिन्छ । मधेसवादी दलहरू किर्नो टाँसिए झैं सत्तामा नटाँस्सी रहनै सक्दैनन् । एक्लै संघीय सत्तामा जाने वर्कत पुग्दैन । अरुको बुई चढेर सत्तामा जाँदा मधेसका मुद्दा थाति राख्नैपर्छ । पार्टीमा टुटफुट भइरहने, एउटा चोइटो अर्कोमा टाँसिने र फेरि उप्किएर प्वाल पर्ने, त्यसलाई रफ्फु गर्न अर्को टालो टाँस्न गोरखधन्दा नै मधेस राजनीतिको मुख्य कार्यभार बनेको छ ।

वृद्धवयका महन्थ ठाकुर जहाँबाट आएका थिए त्यहीँ फर्किन मात्र बाँकी छ । उपेन्द्र यादव सप्तरीको अखडामा पराजित भएपछि उनको मधेस मसिहाको गरिमा रसातलमा पुगेको छ । आफ्ना कार्यकर्ता भ्यागुता झैं बुर्कुसी मारेर जनमततिर जान थालेपछि सोली र धुन्सेले छोपेर जोगाउने प्रयत्नमा छन् । अहिलेसम्मको राजनीतिक खेलोफड्को यत्तिमै सीमित छ । मधेसका मूल मुद्दा एकातिर छन्, राजनीतिक कृयाकलाप अन्यत्रै केन्द्रित छ ।

खानेपानी नपाएर काकाकुल भएका जनतालाई जम्मा गरेर शासकले सुकेको इनारलाई हाम्फालेर नाघ्ने मनोरञ्जक प्रतियोगिता गराएजस्तै छ मधेसवादी दलहरूको भूमिका र मधेसी जनताको नियति । मुल मुद्दा भर्सेला परोस् । मधेसको मसिहा कहलाउने होडवाजी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *