७२ हजार घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर पौडेल निर्दोष ठहर – Nepal Press

७२ हजार घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर पौडेल निर्दोष ठहर

काठमाडौं । विशेष अदालतले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब इन्जिनियर विनोदकुमार पौडेललाई सफाइ दिएको छ ।

७२ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात समातिएको मुद्धामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार उनलाई निर्दोष ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असोज १८ गते पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । उनी २०७८ साउन २२ गते सडक निर्माण ठेक्काको भुक्तानी दिनेक्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको दाबी थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *