घुस लिँदालिँदै पक्राउ परेका भनिएका मेयर पटेलले पाए सफाइ – Nepal Press

घुस लिँदालिँदै पक्राउ परेका भनिएका मेयर पटेलले पाए सफाइ

काठमाडौं । सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेको दाबी गरिएका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलले सफाइ पाएका छन् ।

विशेष अदालतले शुक्रबार पटेलसहित उनका सहयोगी अशोकप्रसाद पटेललाई सफाइ दिएको हो । खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दुवै जनालाई आरोपबाट सफाइ हुने फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ चैत ६ गते अदालतमा मुद्दा दायर गरेको थियो । भवन निर्माणको योजनामा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो । अख्तियारले २ लाख ५० हजार रुपैयाँ नगद र २ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *