एसिया कप फुटबल: भारतको दोश्रो हार – Nepal Press

एसिया कप फुटबल: भारतको दोश्रो हार

हेटौंडा । कतारमा जारी एसिया कपमा भारतले लगातार दोश्रो हार बेहोरेको छ । कतारको अहमेद बिन अली रंगशालामा भएको खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

बिहीबार भएको समूह ‘बी’ को खेलमा भारतलाई दबाबमा राखेको उज्वेकिस्तानले पहिलो हाफको चौथो मिनेटमानै पहिलो गोल गर्न सफल भएको थियो । उज्वेकिस्तानको अबोसबेकले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलको १८ औं मिनेटमा इगोर सेर्जिव तथा पहिलो हाफको इन्जुरी समयमा शेर्जोले गोल गर्दै उज्वेकिस्तानलाई ३(० को अग्रता दिलाए ।
पहिलो हाफमा कमजोर देखिएको भारत दोश्रो हाफमा भने केही सुधारिएको देखियो । दोश्रो हाफमा दुबै टोलिले गोल गर्न नसकेपछि खेल उज्वेकिस्तानले ३(० ले जित्यो ।

लगातार दोश्रो हारपछि भारतको दोश्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । भारतले अब समूह बि मा रहेको सिरिया सङ्ग खेक्न बाकी छ । समुह बि मा अष्ट्रेलिया ६ अंक सहित प्रथम स्थानमा रहदा उज्वेकिस्तान ४ अंक सहित दोश्रो स्थानमा छ । सिरिया १ अंक सहित तेश्रो स्थानमा रहदा शून्य अंक सहित भारत पुच्छरमा छ । एसिया कप खेक्ने भारत मात्र दक्षिण एसियाली राष्ट्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर