‘नास डेली’मा नेपालका दुर्गे कामीको कथा जसले ७० वर्षमा एसईई उत्तीर्ण गरेका थिए – Nepal Press

‘नास डेली’मा नेपालका दुर्गे कामीको कथा जसले ७० वर्षमा एसईई उत्तीर्ण गरेका थिए

काठमाडौं । चर्चित भ्लगर ‘नास डेली’ले नेपालका एक वृद्धको कथा प्रस्तुत गरेको छ ।

नास डेलीका नुसेर यासिन शनिबार नेपाल आएर आइतबार फर्किएका र नेपालका भिडिओहरु बिस्तारै आउने जानकारी गराएअनुसार आज दुर्गे कामीको कथा प्रस्तुत गरिएको हो ।

स्याङ्जा फेदीखोलाका उनले ७० वर्षमा एसईई उत्तीर्ण गरेको र बाँकी जीवनमा विश्वविद्यालय पनि जान इच्छा भएको कथा नास डेलीमा आएको छ । उनी हाल ७५ वर्षका भइसके तर पढ्ने भोक नमेटिएको रोचक कथा नास डेलीमा उल्लेख छ । उनलाई सम्भवत विश्वकै वृद्ध स्कुले विद्यार्थीको रुपमा रहेका उसले जनाएको छ ।

आफ्नै बच्चा बेलादेखि नै पढ्ने इच्छा रहेको तर पारिवारिक बाध्यताले पढ्न नपाएका कामीले ६२ वर्षको उमेरमा स्कुल जान थालेको र ८ वर्षपछि एसईई पूरा गरेका थिए । यही कथालाई नास डेलीले नेपाल भ्रमणका क्रममा क्याप्चर गरेको छ ।

उक्त भिडिओमा धेरैले कामीको प्रशंसा गर्दै उनी उत्प्रेरणाका स्रोत भएको बताएका छन् । त्यस्तै, नास डेलीले विश्वका नभनिएका कथाहरुलाई विश्वसामु ल्याउने गरेको भन्दै प्रशंसा गरेका छन् । कतिपय नेपालीहरुको कमेन्टमा नास डेलीले नेपालको थप भिडिओ क्रमसँग आउँदै जाने उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *