‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ देखि, देशभरका वडामा एकसाथ कार्यक्रम गर्ने – Nepal Press

‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ देखि, देशभरका वडामा एकसाथ कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ गते देशभर एकसाथ थाल्ने भएको छ । कांग्रेसले शहीद दिवसको अवसरमा पारेर देशका ६ हजार ६४३ वटै वडामा अभियान सुरू गर्न लागेको हो ।

पार्टीले समुदायमा कांग्रेस अभियानलाई निरन्तरता दिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘समुदायमा कांग्रेस अभियान हामीले निरन्तर नै गर्छौँ| । हामीले १२ गतेबाट गर्ने भनेका हौं ११ गते राष्ट्रियसभाको निर्वाचन पर्‍यो । १२ गते सातै प्रदेशमा आफ्नो स्थापना दिवस मनाउँछ । अहिलेसम्म मिति तय भएको छैन । १४/१५ गतेबाट जिल्लामा अभियान सुरू हुन्छ ।’

देशभरका सबै वडामा एकैसमय कार्यक्रम सुरू गर्नको लागि १२/१३ गतेबाटै नेताहरू जिल्ला खटिने उनले बताए । माघ ७ देखि २२ गतेसम्म गर्ने भनिएपछि राष्ट्रियसभाको निर्वाचनको कारणले १६ देखि २६ गते गर्ने लागिएको हो ।

यसअघि पनि दसैँ तिहार र जाजरकोट भूकम्पलाई कारण देखाउँदै भदौ १० देखि २४ गतेसम्म हुने भनिएको अभियान सारिएको थियो । अभियानको क्रममा संगठन सुदृढ गर्दै पार्टीलाई जनतासँग जोड्दै नेतृत्वप्रतिको गुनासो र सुझाव बुझ्ने कांग्रेसको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर