बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार (भिडिओ) – Nepal Press

बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार (भिडिओ)

पोखरा । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् ।

 

गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *