पूर्वाधार निर्माणका लागि एडिबी र ७ पालिकाबीच ६ अर्बको ऋण सम्झौता – Nepal Press

पूर्वाधार निर्माणका लागि एडिबी र ७ पालिकाबीच ६ अर्बको ऋण सम्झौता

रुपन्देहीका ५ नगरपालिका समेटिए

रुपन्देही । नेपाल सरकार र एसियाली विकास बैँक(एडिबी)बीच पूर्वाधार निर्माण तथा विस्तारका लागि .६ अर्ब बराबरको सहुलियतपूर्ण ऋणमा सम्झौता भएको छ ।

एसियाली बिकास बैंकद्वारा ७ सय ५३ वटा पालिकामध्ये पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पूर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।

अर्थ मन्त्रालय तथा शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौमा बुधबार औपचारिक रुपमा १ महानगरपालिका,१ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ । योसँगै विभिन्न पूर्वाधार निर्माणका काम सुरु हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *