अढाई वर्षमा गोदावरी नगरपालिकाको भवन दोस्रो उद्घाटनको तयारी – Nepal Press

अढाई वर्षमा गोदावरी नगरपालिकाको भवन दोस्रो उद्घाटनको तयारी

गैराजनीतिक चरित्र देखाएको एमालेको टिप्पणी

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले गोदावरी कमिटीले विरोध जनाएको छ ।

बुधबार नगर पार्टी कार्यालय अत्तरिया पत्रकार सम्मेलन गर्दै पुनः उद्घाटन गर्ने कार्य तत्काल माग गरेको छ । एमाले नेताहरूले गोदावरीका मेयर जन जीविकाका विषयमा गम्भीर हुनुपर्नेमा उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गरेर गैर राजनैतिक चरित्र देखाउन थालेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका उप नेता सन्तोष शर्माले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पार्नेमा उनले जोड दिइन् ।

‘एउटा सरकार को पालामा उद्घाटन हुने अर्को सरकार आएपछि भत्काउने गर्दै जाने हो भने भोलिका दिनमा के के हुन्छ । यसको पनि हिसाबकिताब राख्नु पर्ला’, उनले भनिन् ।

एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिका को भवन पुनः उद्घाटनको कार्य नाटक मात्रै भएको बताए । उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगर प्रमुखले पुनः उद्घाटनको नाटक मञ्चन गरेको दाबी गरे । उनले भोलि हुने नगरपालिका भवन उद्घाटनको कार्य तत्काल रोकेर एमालेसँग वार्तामा बस्न आग्रह गरे ।

यस्तै, नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिंह साउँदले भवन पुनः उद्घाटन गर्ने कुरा राजनीतिक संस्कार भन्दा बाहिर को भएको जिकिर गरे ।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले नगरपालिका को भवन पुनः उद्घाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको बेवास्ता गरिएको बताइन् । उनले भोलि पुनः भवन उद्घाटन गरे आफूहरूको सहभागिता नहुने बताइन् ।

२०७८ चैत १४ तत्कालीन मेयर हरिसिंह साउदले प्रशासनिक भवन उद्घाटन गरेका थिए । अहिले फेरि कार्यालयको उद्घाटन गर्ने तयारी गरिएको छ ।

यसैबीच एमाले गोदावरी नगर कार्यवाहक अध्यक्ष सन्तोष सिंह ले पुनः उद्घाटन गर्ने कार्यले मुठभेडको अवस्था निम्त्याएको बताएका छन् । उनले जबरजस्त भवनको उद्घाटन गरिए त्यसपछि आउने परिणामको जिम्मेवारी स्वयं मेयरले लिनुपर्ने चेतावनी समेत दिए ।

एमाले गोदावरीले विज्ञप्ति मार्फत पुनः उद्घाटन नगर्न समेत सचेत बनाएको छ ।

एमाले उपमेयर सहितका जनप्रतिनिधिले यस अघि नै मेयर भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै उद्घाटन भइसकेको भवन पुन उद्घाटन गर्न नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर