सुदन किरातीको एक वर्षे ‘रिपोर्ट कार्ड’- सगरमाथाबाट स्काई डाइभिङदेखि पशुपतिको जग्गा खोजीसम्म (पूर्णपाठ) – Nepal Press

सुदन किरातीको एक वर्षे ‘रिपोर्ट कार्ड’- सगरमाथाबाट स्काई डाइभिङदेखि पशुपतिको जग्गा खोजीसम्म (पूर्णपाठ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले मन्त्रीको जिम्मेवारी सम्हालेको आज एक वर्ष पूरा भएको छ । पर्यटन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी किरातीले एक वर्षमा गरेका मुख्यमुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् ।

केही कानूनको तर्जुमा, सुधार र नियमालीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढेको मन्त्री किरातीले जानकारी दिए । दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड नेवानीको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानीको सावाँ-ब्याजको चार अर्ब किस्ता तिरेको, निगमको सुधारका लागि भए गरेका काम पनि सार्वजनिक गरिएको छ ।

त्यस्तै विभिन्न विमानस्थलको स्नरोन्नति, व्यवस्थापन र टर्मिनल भवन निर्माणको कार्यलाई पनि मन्त्रीले उपलब्धिको सूचीमा राखेका छन् । पशुपतिनाथको सरसफाइ, जग्गाको हालसाविक र हराएको जग्गा खोजी भइरहेको उनको भनाइ छ । लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि निर्देशन दिइएको, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेशको अन्तिम चरणमा पुगेको पनि जानकारी गराइएको छ ।

मन्त्री किरातीले अनुसन्धान तथा नवप्रवर्तन, सांस्कृतिक कूटनीति, प्रणालीगत सुधारजस्ता क्षेत्रमा गरेका कामको फेहरिस्त पनि सार्वजनिक गरेका छन् ।

त्यस्तै हिमाल सरसफाइको ३ वर्षे रणनीतिक योजना तयार, जुगल हिमश्रृखंलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला, सगरमाथाबाट प्याराग्लाइडिङ र स्काई डाइभिङ्ग सफल परीक्षण, ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको चिनारी (प्रोफाइल) तयार पारिएको, विभिन्न देशसँग हवाई सम्झौता गरिएको पनि मन्त्रीको एक वर्षे रिपोर्ट कार्डमा उल्लेख छ ।

हेर्नुहोस्- एक वर्षमा मन्त्री किरातीको नेतृत्वमा मन्त्रालयले गरेका मुख्य काम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर