स्थानीय तहलाई सरकारको परिपत्र- वडामा गुनासो सुनुवाइ केन्द्र स्थापनाको प्रगति विवरण उपलब्ध गराऊ – Nepal Press

स्थानीय तहलाई सरकारको परिपत्र- वडामा गुनासो सुनुवाइ केन्द्र स्थापनाको प्रगति विवरण उपलब्ध गराऊ

काठमाडौं । सरकारले सबै सरकारी सेवा प्रवाहको एकद्वार प्रणाली विकास गर्न र जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाइ केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गर्ने कार्यको प्रगति विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा भएको व्यवस्था कार्यान्वयन भए नभएको प्रगति विवरण उपलब्ध गराउन ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

मन्त्रालयले यसअघि गत भदौ १३ गते सबै स्थानीय तहलाई परिपत्र गर्दै वडा स्तरमा जनगुनासो सुनुवाइ केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी त्यसको जानकारी गराउन भनेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ससदको दुबै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा बुँदा नम्बर १६१ मा भनिएको छ- ‘सबै सरकारी कार्यालयमा सेवा प्रवाहको एकद्वार प्रणाली विकास गरिनेछ । जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाइ केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरिनेछ । हेलो सरकारलाई थप प्रभावकारी बनाइ स्थानीय तहसम्म विस्तार गरी सरकारी कार्यालयबाट हुने सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *