ट्रेनको डब्बाभित्रै लडेर महोत्तरीका एक यात्रुको मृत्यु – Nepal Press

ट्रेनको डब्बाभित्रै लडेर महोत्तरीका एक यात्रुको मृत्यु

जनकपुरधाम । महोत्तरीको भंगहादेखि भारत विहारको जयनगर चल्ने रेलको डब्बाभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ का अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित छन् । उनी लोहरपट्टीमै रेल चढेका थिए ।

बिहान ८ बजे भंगहाबाट जयनगरका लागि छुटेको ट्रेन जनकपुरधाम पुग्न लाग्दा रेल्वेको टिटी (कर्मचारी) ले टिकट चेक गर्ने क्रममा पण्डित लडेका थिए । लडे लगत्तै उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *