नेपालले अन्तिम वार्मअप खेलमा आज वेस्ट इन्डिजको सामना गर्दै – Nepal Press

नेपालले अन्तिम वार्मअप खेलमा आज वेस्ट इन्डिजको सामना गर्दै

काठमाडौं । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम औपचारिक वार्मअप खेलमा वेस्ट इन्डिजको सामना गर्दै छ ।

नेपाल र वेस्टइन्डिजबीचको उक्त खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा सुरु हुनेछ ।

नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।

अनौपचारिक वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर