दुर्घटना अपडेट : त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो खाली अवस्थामा भेटियो – Nepal Press

दुर्घटना अपडेट : त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो खाली अवस्थामा भेटियो

चितवन । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो रहेको सशस्त्र प्रहरीको गोताखोर टीमले पत्ता लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी हो ।

गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको डिएसपी भण्डारीले जानकारी दिए ।

मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *