अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष लुम्बिनीमा – Nepal Press

अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष लुम्बिनीमा

रुपन्देही । चीनको अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष युन सुङ लुम्बिनी भ्रमणमा पुगेका छन् ।

सुङलाई नेपाल-चीन मैत्री समाज लुम्बिनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको छ । उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षुभिक्षुणी सम्मिलित छन् ।

लुम्बिनी पुगेका उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए ।

उनले आफ्नो भ्रमणले लाखौं चिनियाँ बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए ।

नेपाल-चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले आउँदै गरेको चिनियाँ नयाँ वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो बिदामा चिनियाँहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाउनुपर्ने सुझाव दिए ।

ठूलो संख्यामा चिनियाँ पर्यटक भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

सुङको स्वागतमा समाजका अध्यक्ष सापकोटा, सिद्धार्थनगरकी निवर्तमान उपमेयर उमा काफ्ले, संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा, केशव बेलवासे, निर्मल शर्मालगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *