प्रशिक्षकमा ज्ञानेन्द्रको सुखद डेब्यु – Nepal Press

प्रशिक्षकमा ज्ञानेन्द्रको सुखद डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पुर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षकको रुपमा डेब्यु गरेका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट उनले प्रशिक्षकको रुपमा डेब्यू गरेका हुन् ।

मल्ल प्रशिक्षकको रुपमा पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको छ । उनले प्रशिक्षकको रुपमा सुखद डेब्यु गरेका हुन् ।

गत साउन १९ गते ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । १८ वर्षे क्रिकेट यात्रा अन्त्य गरेका उनले करिब ६ महिनापछि प्रशिक्षकको रुपमा डेब्यु गरेका हुन् । ज्ञानेन्द्रले घरेलु क्रिकेट बागमती प्रदेशबाट खेल्ने गर्थे ।

सन् २००६ मा भएको इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध ज्ञानेन्द्रले डेब्यू गरेका थिए । नेपालका लागि उनले ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० आई क्रिकेट खेलेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर