३० यात्रु सवार बस राप्ती नदीमा खस्याे – Nepal Press

३० यात्रु सवार बस राप्ती नदीमा खस्याे

रूपन्देही । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङको पुलबाट बस राप्ती नदीमा खसेको छ ।

भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस केही समयअघि देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेको हो। करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा भएको क्षतिबारे केही खुलेको छैन ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त रोकायाले प्रहरी घटस्थलमा पुगेकोले केही समयपछि विस्तृत जानकारी आउने जानकारी दिए । राति र निकै चिसोको समय भएकोले प्रहरीलाई उद्दारमा समस्या भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *