नाउपा महाधिवेशन : रेशम चौधरीसहित २५ पदाधिकारी सर्वसम्मत, दुई उपाध्यक्ष र महासचिवमा रस्साकस्सी – Nepal Press

नाउपा महाधिवेशन : रेशम चौधरीसहित २५ पदाधिकारी सर्वसम्मत, दुई उपाध्यक्ष र महासचिवमा रस्साकस्सी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, लगायतका केही पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

कैलालीको टीकापुरमा जारी महाधिवेशनले अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीसहित सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध भएका छन् ।

७ पद रहेको सहमहासचिवमा ७ जनाको उम्मेदवारी परेको थियो । उनीहरु निर्विरोध भए । ७ पदका ६ जनाका उम्मेदवारी परेको सह सचिव र ७ पदमा ४ जनाको उम्मेदवारी परेको सचिवहरू पनि निर्विरोध भएका छन् ।

दुई उपाध्यक्ष र महासचिवको लागि अझै सहमति हुन सकेको छैन । ७ उपाध्यक्ष मध्ये ५ जना उपाध्यक्ष निर्विरोध भएका छन् भने अन्य २ पदमा विवाद छ । नाउपाले प्रदेशमा एउटा उपाध्यक्ष पर्ने गरि ७ उपाध्यक्षको व्यवस्था लागु गरेको हो । त्यस्तै १ पदको महासचिवमा ३ जनाको उम्मेदवारी परेको थियो ।

ठाकुर सिंहथारु, गङ्गा चौधरी र धर्म बहादुर चौधरी तीनै जनाले उम्मेदवारी कायमै राखेका छन् । गङ्गा चौधरी प्रतिनिधि सभा सदस्य हुन् भने धर्म चौधरी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

महासचिव र २ उपाध्यक्षमा सहमति हुन नसकेपछि त्यस बाहेकका २५ पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिसकिएको छ । अहिले उपाध्यक्ष र महासचिव बिच पनि सहमतिको प्रयास जारी छ । सहमति नभएको अवस्थामा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने जनाइएको छ।


प्रतिक्रिया

One thought on “नाउपा महाधिवेशन : रेशम चौधरीसहित २५ पदाधिकारी सर्वसम्मत, दुई उपाध्यक्ष र महासचिवमा रस्साकस्सी

  1. दिल्लीका आदेशपालकहरूले जेलमा सड्नुपर्नेलाई अध्यक्ष बन्ने मौका दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर