जसपाको केन्द्रीय समितिको बैठक आज – Nepal Press

जसपाको केन्द्रीय समितिको बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने छ ।

राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८(३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर