रेशम चौधरीले भने- अब हामी सरकारसँग भिख माग्दैनौँ – Nepal Press

रेशम चौधरीले भने- अब हामी सरकारसँग भिख माग्दैनौँ

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब सरकारले ठेकेदारलाई होइन जनतालाई काम दिनु पर्ने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन सत्र समापन गर्दै चौधरीले विकास निर्माणमा गतिविधिमा अब जनतालाई जोड्न आवश्यक रहेको बताएका हुन् ।

‘देशको जिम्मेवारी हाम्रा काँधमा आएको छ । हस्तक्षेप गर्न हुँदैन भन्नेमा छौँ तर, जनताको हितका लागि तपाइहरू लाग्नुहोस्’, उनले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिए । उनले अब सरकारसँग आश्वासन नमाग्ने आफै गरेर देखाउने बताए ।

‘अब हामी सरकारसँग भीक माग्दैनौँ, राज्यसँग भीक माग्दैनौँ । समुदायमा आधारित समाजवादको लागि हामी सर्घष गर्छौ’, उनले भने, ‘देश बनाउने अभियानलाई यो महाधिवेशनले सुरु गर्छ ।’

उनले अब देखी नागरिक उन्मुक्ति पाटीले ज्ञापन पत्र नबुझाउने र आफै गर्ने बताए । विमान स्थल, भन्सार लगायतका विकास निर्माणमा काममा अब आफै जुट्ने उनले बताए ।

उनले आफ्ना जनप्रतिनिधिलाई पलास्टिक मुक्त क्षेत्र घोषणा गरेर थारुले उत्पादन गरेका सामाग्रीहरू विक्री गर्न, अन्तबाट ल्याएको तरकारी बन्द गरेर आफ्ना किसानले उत्पादन गरेको तरकारी बेच्न सुझाव दिए ।

उनले देश भरी बाँझो रहेका जग्गाहरू अब थारुलाई जोत्न दिनु पर्ने बताए ।

‘जमिन जोत्नेको हुनुपर्छ खोस्रनेको हुनुपर्छ बाझो जमिन राख्न हुँदैन बाँझो जमिन सरकारलाई बुझाउनु पर्छ भन्ने नीति ल्याउनु पर्छ’, उनले भने ।

उनले ठुला उद्योगी व्यवसायीहरूको करोडौँ रिण मिना गर्ने नीति भन्दा नागरिकहरूको साना रिण मिनाह गर्ने नीति सरकारले लिनु पर्नेमा जोड दिए । उनले भने, ‘जनता मारेर मालिक पोस्ने नीति नागरिक उन्मुक्तिले अन्त्य गर्नु पर्छ सबै नागरिकलाई बराबरी हुनु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर