आगो ताप्दा जलेर घाइते भएकी वृद्धाको मृत्यु – Nepal Press

आगो ताप्दा जलेर घाइते भएकी वृद्धाको मृत्यु

रूपन्देही । बर्दियामा आगो ताप्दा जलेर घाइते वृद्धाको बिहीबार मृत्यु भएको छ ।

बर्दिया राजापुर नगरपालिका ५ झप्टीकी ७५ वर्षीया सोहनी थारू आगो ताप्ने क्रममा बुधवार दिउसो जलेकी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको हो।

उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बुधवार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। थारूलाई बर्दिया अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज लगिएको थियो।

प्रहरीका अनुसार उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *