२३औँ आहा रारा गोल्ड कपमा २ विदेशीसहित १२ टिम सहभागी – Nepal Press

२३औँ आहा रारा गोल्ड कपमा २ विदेशीसहित १२ टिम सहभागी

पोखरा । २३औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुँदैछ ।

खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौँ भन्ने उद्देश्यका साथ सहारा क्लबले २३ वर्षदेखि पोखरामा आहा रारा गोल्ड कप गर्दै आएको हो ।

सहारा क्लबको आयोजना हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने भएका छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २ विदेशीसहित १२ टिमको सहभागिता रहने जानकारी दिएको हो ।

विदेशी टोलीमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब छन् । ए डिभिजनका ८ टिम, मोफसल र आयोजकका एक(एकले सहभागिता जनाउने छन् ।

ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार क्लब सहभागी छन् । नवलपुरको राईजिंग स्टार फुटबल क्लब र आयोजक सहारा क्लबको पनि सहभागिता छ ।

विजेतालाई १२ लाख, उपविजेतालाई ६ लाख रुपैयाँ दिइने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

उत्कृष्ट ५ विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई २५-२५ हजार रुपैयाँ पुरस्कार छ । म्यान अफ द म्याचलाई ८ हजार र फाइनलमा १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

२३ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै संकटा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि चुमेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर