प्रधानमन्त्रीलाई वामदेवको प्रश्न- भएको बिजुली विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न- भएको बिजुली विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ? (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन् ।

मंगलबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरे । हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने गौतमले बताए ।

उनले भने, ‘नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ? हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्छ । विकास गर्नसक्छ । विद्युत यहाँ तपाईले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ । तर, जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि । हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ती सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु । सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपालभित्रै खपत गर्नुपर्छ । त्यसले धेरै उत्पादन पनि दिन्छ । सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्छ ।’

अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्नेमा उनको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर